पछिल्लो २४ घण्टामा ८३ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ८३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ८८४ जनाको नमुना परीक्षण गरिएकोमा ८३ जनामा संक्रमण देखिएको हो ।
यसैगरी आज १३० जना संक्रमित संक्रमणमुक्त भएका छन्। उता यहीवीच १ लाख ३ हजार ५३८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
हाल देशभर ४ हजार ७४६ जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ३ प्रतिशत रहेको छ भने हालसम्म ११ हजार ९५० जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?