स्टार अस्पतालले मनायो १६ औं वार्षिकोत्सव
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको सानेपास्थित स्टार अस्पतालले १६औं वार्षिकोत्सव मनाएको छ। आइतबार सो अवसरमा अस्पतालमा विगत १० वर्षभन्दा बढी समय कार्यरत कर्मचारीहरू सम्मानित भएका छन्।
वार्षिकोत्सव कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष किशोर महर्जनले बिरामीलाई अत्याधुनिक सेवा र सुविधा प्रदान गर्दै आएको स्टार अस्पताल सफल हुनुमा कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेको बताए। उनले अस्पताल सफल हुनुमा कर्मचारीको ठूलो हात हुने भन्दै उनीहरुको कामकाे सम्मानले अझ बढी हौसला बढाउने जनाए ।
उनले स्टार अस्पताललाई विशिष्टिकृत अस्पतालका रुपमा विकास गर्नका लागि विभिन्न विधाका विभागहरु विस्तार गरिएको समेत जिकीर गरे ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?