Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा १ प्रतिशतभन्दा कममा झर्‍यो कोरोना संक्रमण दर

७ हजार ९४७ नमुना परीक्षण गर्दा ६५ जनामा कोरोना पुष्टि

नेपालमा १ प्रतिशतभन्दा कममा झर्‍यो कोरोना संक्रमण दर

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण दर घटेर एक प्रतिशतभन्दा कम हुन आएको छ । गत २४ घण्टामा गरिएको परीक्षण मध्ये शुन्य दशमलब ९ प्रतिशतमा मात्र कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्र बताउँछिन्।

देशभर पछिल्लो २४ घण्टामा ६५ जना मात्र नयाँ कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ९४७ जनाको नमुना परीक्षण गरिएकोमा ६५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हाे । यो भनेको संक्रमण दर शुन्य दशमलब ९ प्रतिशत हुन आउँछ । गत साताको तुलनामा कोरोना संक्रमण दर एक प्रतिशतबाट पनि घटेर शुन्य दशमलब ९ प्रतिशतमा आएको उनको भनाई छ ।

उनका अनुसार गत २४ घण्टामा ८८ हजार ४८८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने आज पनि कोरोनाबाट हुने मृत्यु शुन्य रहेको छ । यसैगरी १९२ जना भने कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। अहिले देशभर ४ हजार ९१७ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन