Health TV Online
Health TV Online

देशभर ५ हजार सक्रिय संक्रमित : ४६ जना आइसीयू र भेन्टिलेटरमा

देशभर ५ हजार सक्रिय संक्रमित : ४६ जना आइसीयू र भेन्टिलेटरमा

हेल्थ टिभी अनलाइन्र काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या घटेर ५ हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ५ हजार ५० जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।

ती मध्ये ८४१ जना भने काठमाडौं उपत्यकामा छन्। काठमाडौंमा ४३६, भक्तपुरमा ५१ र ललितपुरमा ३५४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । देशभरका सबै जिल्ला कोरोना रेड जोनबाट मुक्त रहेको पनि मन्त्रालयले जनाएको छ । उता हुम्ला, मनाङ र मुस्ताङ गरी तीन जिल्ला कोरोना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयाका अनुसार हाल ४० जना कोरोना संक्रमितको आइसीयूमा र ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नेपालमा कोरोना संक्रमण दर एक प्रतिशत रहेको छ भने निको हुने दर ९८ दशमलब ३ प्रतिशत रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार