खोप लगाएका र लक्षण नदेखिएकालाई पीसीआर परीक्षण नगर्नु : स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना विरुद्धको पूर्ण खोप लगाएका र लक्षण नदेखिएका व्यक्तिहरुलाई पीसीआर परीक्षण नगर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोभिड १९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई पीसीआर परीक्षण अनिवार्य नगर्न सम्बन्धित स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई निर्देशन दिएको हो ।
यसअघि सबै अस्पतालहरुले कुनै पनि शल्यक्रिया गर्नुअघि कोभिड भए नभएको जाँच गर्न पीसीआर परीक्षण अनिवार्य गर्दै आएका थिए । अब भने यो निर्णय पश्चात पूर्ण खोप लगाएका र कोभिडसम्बन्धित लक्षण नदेखिएका व्यक्तिलाई पीसीआर परीक्षण गर्न नपर्ने भएको छ ।
कोरोना संक्रमण घट्दै गएपछि सरकारले यसअघि जारी गरका कोरोना रोकथामका मापदण्डहरु पनि हटाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?