थप ७७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ९८१ जनाको नमुना परीक्षण गरिएकोमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनको संख्या ११ हजार ९५० पुगेको छ । उता १८९ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने एक लाख २६ हजार १९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
अहिले देशभर ५ हजार २१२ जना सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?