थप १९४ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३९४ जनाको नमुना परीक्षण गरिएकोमा १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ९४९ जना पुगेको छ । उता आज ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन्।
हाल देशभर ५ हजार ८७५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?