घट्दै संक्रमण : अब ललितपुरमा मात्र ५ सय बढी सक्रिय कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण दिन प्रतिदिन घट्दै गइरहेको छ । सोमबारसम्मको तथ्यांक हेर्दा अब ललितपुरमा मात्र ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। उपत्यकाका काठमाडौं र भक्तपुर पनि कोरोनाको रेड जोन बाहिर रहेका छन्। काठमाडौंमा अहिले ४७९ जना र भक्तपुरमा ५५ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
ललितपुरमा अहिले ५ सय ८५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन्। यसैगरी मनाङ र हुम्लामा अहिले कोरोना संक्रमित शुन्य संख्यामा रहेका छन् भने मोरङ, सुनसरी, धनुषा लगायतका ९ जिल्लामा २ सय बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय कोरोना संक्रमण दर एक प्रतिशतको हाराहारीमा रहेको छ । यसैगरी सक्रिय कुल संक्रमितको संख्या ६ हजार १५० रहेकोमा ४४ जनाको आइसीयू र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?