थप ८८ जनामा कोरोना संक्रमण, ३७६ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ६३८ जनाको नमुना परीक्षण गरिएकोमा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३७६ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार १५० जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ लाख ३३ हजार ८५१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?