पछिल्लो २४ घण्टामा ९१ संक्रमित थपिए, मृत्यु शुन्य
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार २२० जनाको नमुना परीक्षण गरिएकोमा ९१ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज कोरोना संक्रमणबाट हुने मृत्यु भने शुन्य रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६२ जना संक्रमणमुक्त भएका छन् भने २ लाख ८ सय ६१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
हाल देशभर ६ हजार ९४७ जना सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?