Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा १२ लाख बढीले लगाइसके कोरोना विरुद्धको बुस्टर डोज

नेपालमा १२ लाख बढीले लगाइसके कोरोना विरुद्धको बुस्टर डोज

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना विरुद्धको बुस्टर खोप लगाउनेको संख्या १२ लाख नाघेको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार बिहिबारसम्म कोरोना विरुद्धको बुस्टर खोप लगाउनेको संख्या १२ लाख २३ हजार ७९३ पुगेको छ ।

यसैगरी कुल जनसंख्याको ७४ दशमलब १ प्रतिशतले पहिलो मात्रा र ६० दशमलब ५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। नेपालमा लक्षित जनसंख्याको ९१ दशमलब ८ प्रतिशतले पहिलो मात्रा र झण्डै ८० प्रतिशतले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ । नेपालमा खोप अभियान सुरु भए यता अहिलेसम्म ३ करोड ७३ लाख ९४ हजार ४४८ मात्रा खोप लगाइएको छ ।

अहिले पनि देशभर खोप अभियान जारी रहेको छ र सरकारले वैशाखसम्मका सबै नागरिकलाई कोरोना विरुद्धको पूर्ण खोप दिने लक्ष्य राखेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि