नेपालमा १२ लाख बढीले लगाइसके कोरोना विरुद्धको बुस्टर डोज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना विरुद्धको बुस्टर खोप लगाउनेको संख्या १२ लाख नाघेको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार बिहिबारसम्म कोरोना विरुद्धको बुस्टर खोप लगाउनेको संख्या १२ लाख २३ हजार ७९३ पुगेको छ ।
यसैगरी कुल जनसंख्याको ७४ दशमलब १ प्रतिशतले पहिलो मात्रा र ६० दशमलब ५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। नेपालमा लक्षित जनसंख्याको ९१ दशमलब ८ प्रतिशतले पहिलो मात्रा र झण्डै ८० प्रतिशतले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ । नेपालमा खोप अभियान सुरु भए यता अहिलेसम्म ३ करोड ७३ लाख ९४ हजार ४४८ मात्रा खोप लगाइएको छ ।
अहिले पनि देशभर खोप अभियान जारी रहेको छ र सरकारले वैशाखसम्मका सबै नागरिकलाई कोरोना विरुद्धको पूर्ण खोप दिने लक्ष्य राखेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?