पछिल्लो २४ घण्टामा १२७ संक्रमित थपिए, ३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १२७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत २४ घण्टामा ६ हजार ८७४ जनाको नमुना परीक्षण गरेकोमा १२७ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी यहीवीच ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३२१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशभर ७ हजार ७७० जना मात्र सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये ६८ जनाको आइसीयूमा र १० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ प्रतिशत रहेको छ । बुधबारसम्म देशभर ११ हजार ९४१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?