१५८ नयाँ संक्रमित थपिए, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५०४ जनाको नमुना परीक्षण गरेकोमा १५८ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी आज २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकासहित गरी देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९३८ पुगेको छ ।
उता देशभर अहिले ७ हजार ९७१ जना मात्र सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये ७ हजार ७७३ जना होम आइसोलेसनमा छन् भने १९८ जना मात्र संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?
राष्ट्रिय प्रत्यारोपण केन्द्र १२ वर्षमा : १२ सय ३१ जनाको मिर्गौला प्रत्यारोपण
आइभीएफबारे ७ भ्रम र यथार्थ
स्वास्थ्यकर्मीहरुलाई नसर्ने रोग नियन्त्रण सम्बन्धी तालिम