१५८ नयाँ संक्रमित थपिए, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५०४ जनाको नमुना परीक्षण गरेकोमा १५८ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी आज २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकासहित गरी देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९३८ पुगेको छ ।
उता देशभर अहिले ७ हजार ९७१ जना मात्र सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये ७ हजार ७७३ जना होम आइसोलेसनमा छन् भने १९८ जना मात्र संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?