१८० संक्रमित थपिंदा ४ सय जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर १८० कोरोना संक्रमित थपिंदा ४ सय जना संक्रमित संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ३४१ जनाको नमुना परीक्षण गरेकोमा १८० जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा १ लाख ४१ हजार १२१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। केही समय यता कोरोना संक्रमण दर घटेर एक प्रतिशतभन्दा कममा झरेका मन्त्रालयले जनाएको छ ।
आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ११ हजार ९३६ पुगेको छ । अहिले सक्रिय संक्रमित जम्मा ८ हजार २३५ जना रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?