Health TV Online
Health TV Online

झण्डै ११ लाखले लगाए कोरोना विरुद्धको बुस्टर डोज

झण्डै ११ लाखले लगाए कोरोना विरुद्धको बुस्टर डोज

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा झण्डै ११ लाखले कोरोना विरुद्धको बुस्टर डोज खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारसम्मको तथ्यांक अनुसार १० लाख ९१ हजार ६५९ जनाले बुस्टर डोज लगाएका छन्।

यसैगरी लक्षित जनसंख्याको ९१ दशमलब ४ प्रतिशतले कम्तीमा एक मात्रा र ७८ दशमलब ८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ । खोप अभियान सुरु भएयता ३ करोड ६९ लाख ४३ हजार २४२ मात्रा खोप लगाइएको छ ।

अहिले पनि कोरोना विरुद्धको खोप अभियान देशभर नै जारी रहेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार