वैदेशिक रोजगारीमा जाने कामदारका लागि पीसीआर परीक्षण नि:शुल्क
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि पीसीआर परीक्षण नि:शुल्क गर्ने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै वैदेशिक रोजगारीमा जाने कामदारका लागि नि:शुल्क पीसीआर परीक्षणको व्यवस्था गरेका हुन्।
यसअघि वैदेशिक रोजगारीमा जानेले काेराेना संक्रमण भए नभएको पत्ता लगाउन गरिने पीसीआर परीक्षण आफैले शुल्क तिरेर गर्नुपर्दथ्यो । अहिलेलाई सरकारी अस्पतालहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत यो सेवा दिइने मन्त्रालयले जनाएको छ ।
नि:शुल्क पीसीआर परीक्षणका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजातहरु भने पेश गर्नुपर्नेछ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?