अब तीन जिल्लामा मात्रै ५ सय बढी सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अब तीन जिल्लामा मात्रै कोरोनाका ५ सय बढी सक्रिय संक्रमित रहेका छन्। काठमाडौं, ललितपुर र कास्की गरी तीन जिल्लामा मात्रै ५ सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ९ हजार ६७८ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा छन्। तीमध्ये काठमाडौंमा मात्रै २ हजार १२ जना रहेका छन्।
यसैगरी झापा, मोरङ, सुनसरी, भक्तपुर, चितवन, बाँके, कैलाली, रुपन्देही लगायतका १० जिल्लामा २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । केही समय यता कोरोना संक्रमण दर कम हुँदै गएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?