Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पोष्ट कोभिड समस्या बढ्दै : २ वर्षका बालकलाई हृदयाघात

पोष्ट कोभिड समस्या बढ्दै : २ वर्षका बालकलाई हृदयाघात

हेल्थ टिभी अनलाइन : कोरोना संक्रमण भएर निको भइसकेपछि पनि अनेकौं स्वास्थ्य समस्याहरु देखिन थालेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। भारतमा कोरोना संक्रमण भएर निको भएका २ वर्षका बालकमा अनेकौं स्वास्थ्य समस्या देखिन थालेको आजतकले जनाएको छ । भारतको दिल्लीमा २ वर्षका बालकलाई हृदयाघात भएपछि विज्ञहरु चिन्तित भएका हुन्। कोरोना भएर १६ दिन भेन्टिलेटरमा बसेर आएका उक्त बालकमा कोरोना हुनुअघि कुनै स्वास्थ्य समस्या नभएको र संक्रमण निको भएपछि भने महत्वपूर्ण अंगहरुले राम्ररी काम गर्न छोडेको बताइएको छ ।

यही क्रममा दुई दिन अघि उतलाई ह्दयाघात भएको चिकित्सकहरुले बताएका छन्। यति सानो उमेरमा हृदयाघात हुनुलाई चिकित्सकहरुले रेयर घटना बताएका छन्। कोरोना संक्रमण पछि देखिने पोष्ट कोभिड समस्याका कारण यस्तो देखिएको हुनसक्ने उनीहरुको अनुमान रहेको छ । यद्यपी अझै बालककाबारेमा अध्ययन गरिरहेको बताइएको छ ।

भारतमा उनी जस्तै अन्य बालबालिका जो संक्रमणमा परेका थिए उनीहरुमा समस्या देखिन थालेको बताइएको छ ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन