३० औं वार्षिकोत्सव मनाउँदै स्पार्क अस्पताल, नि:शुल्क शिविरको आयोजना
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको कालिमाटीमा रहेको प्राकृतिक चिकित्सासम्बन्धी देशकै पुरानो स्पार्क हेल्थ होम अस्पतालले आफनो ३० औं वार्षिकोत्सव मनाउँदैछ ।
वार्षिकोत्सवको अवसरमा आज दिनभर हाडजोर्नी, नशा च्यापिएका, प्यारालाइसिस, डिस्क प्रोल्याप्स लगायतका बिरामीका लागि एक दिने नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको अस्पतालका निर्देशक रुपेश अधिकारीले बताए । उनले यो साताभरी बिरामीहरुका लागि विशेष छुटसहितको सेवा दिने समेत जनाए ।
कोरोना महामारीको जोखिमका कारण औपचारिक कार्यक्रम गर्न नसकेको भन्दै अधिकारीले बिरामीहरुका लागि भने जनस्वास्थ्यका मापदण्ड पालना गर्दै स्वास्थ्य शिविरको आयोजना गरिएको जनाए । उनले यो ३० वर्षसम्म आइपुग्न सेवाग्राही तथा समस्त शुभचिन्तकहरुको ठूलो हात रहेको भन्दै सबैलाई धन्यवाद समेत दिए ।
स्पार्क अस्पताल प्राकृतिक चिकित्सासम्बन्धी देशकै पुरानो र गुणस्तरीय सेवा प्रदान गर्ने अस्पतालका रुपमा परिचित छ । जसले विशेष गरी हाडजोर्नीसँग सम्बन्धित समस्या, नशा च्यापिएका, प्यालाइसिस भएका, स्पोटर्स इन्जुरी भएका बिरामीको सेवा गर्दै आएको छ । यसबाहेक माइग्रेन, मुख बांगिने, विभिन्न थेरापी, मसाज लगायतका प्राकृतिक रुपमा गरिने सेवाहरु पनि स्पार्कले दिंदै आएको छ ।

अब भने अस्पताललाई एलोपेथिक सेवाहरु पनि थपेर ‘इन्टीग्रेटेड’ अस्पतालका रुपमा लैजाने योजना बनाएको अधिकारीले जनाएका छन्। यसलाई प्राकृतिक चिकित्सासम्बन्धी कलेजका रुपमा बिस्तार गरेर लैजाने योजनासहित अघि बढेको अधिकारीले जिकीर गरे ।
यो ३० वर्षमा स्पार्क अस्पतालबाट हजारौं बिरामीले सेवा मात्र लिएका छैनन् हजारौंले यहींबाट नयाँ जीवन समेत पाएका छन्।





व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य