Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

३० औं वार्षिकोत्सव मनाउँदै स्पार्क अस्पताल, नि:शुल्क शिविरको आयोजना

३० औं वार्षिकोत्सव मनाउँदै स्पार्क अस्पताल, नि:शुल्क शिविरको आयोजना

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको कालिमाटीमा रहेको प्राकृतिक चिकित्सासम्बन्धी देशकै पुरानो स्पार्क हेल्थ होम अस्पतालले आफनो ३० औं वार्षिकोत्सव मनाउँदैछ ।

वार्षिकोत्सवको अवसरमा आज दिनभर हाडजोर्नी, नशा च्यापिएका, प्यारालाइसिस, डिस्क प्रोल्याप्स लगायतका बिरामीका लागि एक दिने नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको अस्पतालका निर्देशक रुपेश अधिकारीले बताए । उनले यो साताभरी बिरामीहरुका लागि विशेष छुटसहितको सेवा दिने समेत जनाए ।

कोरोना महामारीको जोखिमका कारण औपचारिक कार्यक्रम गर्न नसकेको भन्दै अधिकारीले बिरामीहरुका लागि भने जनस्वास्थ्यका मापदण्ड पालना गर्दै स्वास्थ्य शिविरको आयोजना गरिएको जनाए । उनले यो ३० वर्षसम्म आइपुग्न सेवाग्राही तथा समस्त शुभचिन्तकहरुको ठूलो हात रहेको भन्दै सबैलाई धन्यवाद समेत दिए ।

स्पार्क अस्पताल प्राकृतिक चिकित्सासम्बन्धी देशकै पुरानो र गुणस्तरीय सेवा प्रदान गर्ने अस्पतालका रुपमा परिचित छ । जसले विशेष गरी हाडजोर्नीसँग सम्बन्धित समस्या, नशा च्यापिएका, प्यालाइसिस भएका, स्पोटर्स इन्जुरी भएका बिरामीको सेवा गर्दै आएको छ । यसबाहेक माइग्रेन, मुख बांगिने, विभिन्न थेरापी, मसाज लगायतका प्राकृतिक रुपमा गरिने सेवाहरु पनि स्पार्कले दिंदै आएको छ ।

अब भने अस्पताललाई एलोपेथिक सेवाहरु पनि थपेर ‘इन्टीग्रेटेड’ अस्पतालका रुपमा लैजाने योजना बनाएको अधिकारीले जनाएका छन्। यसलाई प्राकृतिक चिकित्सासम्बन्धी कलेजका रुपमा बिस्तार गरेर लैजाने योजनासहित अघि बढेको अधिकारीले जिकीर गरे ।

यो ३० वर्षमा स्पार्क अस्पतालबाट हजारौं बिरामीले सेवा मात्र लिएका छैनन् हजारौंले यहींबाट नयाँ जीवन समेत पाएका छन्।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन