अब ५ जिल्लामा मात्र ५ सय बढी सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : अब देशभरका ५ जिल्लामा मात्र ५ सय बढी सक्रिय कोरोना संक्रमित रहेका छन्। काठमाडौं, ललितपुर, कास्की, कैलाली र मोरङमा मात्रै ५ सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
केही दिन यता कोरोना संक्रमण दर ह्वात्तै घटेको छ । जसका कारण सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको हो । अहिले देशभर कुल ११ हजार २८२ जना सक्रिय संक्रमित रहेकोमा १३९ जनाको आइसीयूमा र १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उता ४६३ जना संक्रमित मात्र संस्थागत आइसोलसनमा रहेका छन्। बाँकी १० हजार ८१९ जना संक्रमित भने होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९२५ जनाको मृत्यु भएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?