Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अब ५ जिल्लामा मात्र ५ सय बढी सक्रिय संक्रमित

अब ५ जिल्लामा मात्र ५ सय बढी सक्रिय संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : अब देशभरका ५ जिल्लामा मात्र ५ सय बढी सक्रिय कोरोना संक्रमित रहेका छन्। काठमाडौं, ललितपुर, कास्की, कैलाली र मोरङमा मात्रै ५ सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

केही दिन यता कोरोना संक्रमण दर ह्वात्तै घटेको छ । जसका कारण सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको हो । अहिले देशभर कुल ११ हजार २८२ जना सक्रिय संक्रमित रहेकोमा १३९ जनाको आइसीयूमा र १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उता ४६३ जना संक्रमित मात्र संस्थागत आइसोलसनमा रहेका छन्। बाँकी १० हजार ८१९ जना संक्रमित भने होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९२५ जनाको मृत्यु भएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन