ललितपुरमा आज र भोलि १८ वर्ष पुगेका सबैलाई बुस्टर डोज खोप दिइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुर महानगरपालिकामा आज र भोलि कोरोना विरुद्धको बुस्टर डोज खोप दिन लागिएको छ ।
ललितपुर महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख सागर थापाका अनुसार १८ वर्ष पुगेका र पूर्ण मात्रा खोप लगाएको ६ महिना भएका व्यक्हिरुका लागि बुस्टर डोज खोप दिन लागिएको हो । त्यसका लागि महानगरका २९ वडै वडा मार्फत खोप दिने कार्यक्रम तय भएको छ । थापाले आफनो नजिकको पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन सबैलाई आग्रह समेत गरेका छन्।
खोप लगाउन जाँदा पहिले खोप लगाएको कार्ड भने अनिवार्य देखाउनुपर्नेछ । खोप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म चल्नेछ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?