Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना संक्रमण कम हुँदै गएपछि दिल्लीमा खुले धार्मिक स्थल

कोरोना संक्रमण कम हुँदै गएपछि दिल्लीमा खुले धार्मिक स्थल

हेल्थ टिभी अनलाइन : भारतको दिल्लीमा शुक्रबारदेखि सर्वसाधारणका लागि धार्मिक स्थलहरु खुल्ला गरिएको छ ।

कोरोना महामारीका कारण ५ महिनादेखि बन्द रहेका धार्मिक स्थलहरु संक्रमण दरमा कमी आएसँगै शुक्रबारदेखि खोल्ने निर्णय गरिएको त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन्। दिल्लीमा ५ अप्रिलदेखि सबै धार्मिक स्थलहरु सर्वसाधारणको दर्शन र प्रार्थनाका लागि बन्द थिए ।

धार्मिक स्थलहरु खुले पनि कोरोना संक्रमणको जोखिम भने कायमै भएकाले स्वास्थ्य मन्त्रालयले जारी गरेका जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न भने जरुरी बनाइएको छ । मास्कको अनिवार्य प्रयोग, सामाजिक दूरी तथा सेनिटाइजरको प्रयोगमा ध्यान दिन सबैलाई आग्रह समेत गरिएको छ ।

थप समाचार