बिहीबारसम्म ९ लाख बढी जेष्ठ नागरिकले लगाए कोरोना विरुद्धको खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा बिहिबारसम्म ९ लाख भन्दा बढी जेष्ठ नागरिकले कोरोना विरुद्धको खोप लिएका छन्।
यही फागुन २३ गतेदेखि शुरु भएको दोस्रो खोप अभियान अन्तर्गत उनीहरुले आफ्नो नजिकको खोप केन्द्रमा गई कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले फागुन २३ यता ५ दिनमै ९ लाख भन्दा बढी जेष्ठ नागरिकले खोप लिएको बताए । उनले यो संख्या र पहिलो चरणको खोप लिएकाको संख्याको हिसाब गर्दा पहिलो मात्रा खोप लिनेको संख्या बिहिबारसम्म १३ लाख ५० हजार नाघेको बताए । उनले भने, ‘यो भनेको कुल जनसंख्याको ४ दशमलब ५ प्रतिशत हुन आउँछ ।’
उता श्रीलंकामा हालसम्म ३ दशमलब ५१ प्रतिशत जनसंख्यामा खोप दिइएको छ भने नेपाल भन्दा पहिले शुरु भएको भारतमा १ दशमलब ८६ प्रतिशतलाई मात्र कोरोना विरुद्धको खोप दिन सफल भएको छ । यसैगरी बंगलादेशमा २ दशमलब ४४ प्रतिशले मात्र बुधबार साँझ सम्म खोप पाएका छन्। यसरी अन्य मुलुकको खोप वितरण हेर्दा नेपाल अघि नै देखिन्छ ।
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड
डा कृष्ण पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक