पछिल्लो २४ घण्टामा देशभर ८१ जना संक्रमित थपिए, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ८१ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८ सय २४ जनाको पीसीआर परीक्षण गर्दा ८१ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ । यीमध्ये ९८ दशमलब ६ प्रतिशत अर्थात २ लाख ७० हजार ३२५ जना संक्रमणमुक्त भइसकेको मन्त्रालयले जनाएको छ ।
उता पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकासहित गरी देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या २ हजार ७७३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या जम्मा ९६७ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा