पत्रकारलाई आजबाट कोरोना विरुद्धको खोप, सूचना विभागको कार्ड अनिवार्य गर्दा धेरै जना खोप लिनबाट वञ्चित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पत्रकारलाई कोरोना विरुद्धको खोप आजबाट दिन शुरु गरिएको छ ।
बिहान १० बजेदेखि मिनभवनस्थित सिभिल अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्।
सरकारले कोरोना खोपका लागि सूचना विभागको कार्ड अनिवार्य गरेपछि धेरै पत्रकार खोप नलगाई फर्किन बाध्य भएका छन्। देशभरका ठूला मिडिया लगायतका धेरै मिडिया हाउसमा पत्रकारलाई न्यूनतत पारिश्रमिक नदिएका कारण सूचना विभागबाट धेरैले कार्ड लिन पाएका छैनन्।
सरकारले पहिलो चरणको खोप स्वास्थ्यकर्मी लगायत ४ लाख ३० हजार जनालाई लगाउने भनेको भए पनि आधा भन्दा कमले खोप लिएपछि बाँकी रहेको खोप पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई दिने निर्णय गरेको हो । आजबाट शुरु भएको खोप ५ दिनसम्म चल्नेछ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित