Health TV Online
Health TV Online
Health TV Online

नेपालमा १ लाख १३ हजार बढीले लगाइसके कोरोना विरुद्धको खोप, गम्भीर समस्या देखिएन

नेपालमा १ लाख १३ हजार बढीले लगाइसके कोरोना विरुद्धको खोप, गम्भीर समस्या देखिएन

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना खोप अभियान शुरु भएको ६ दिनमै १ लाख १३ हजार भन्दा बढीले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका १९१ खोप केन्द्रबाट सोमबारसम्म १ लाख १३ हजार १७५ जनाले कोरोना विरुद्धको खोप लिएको जनाएका हुन्।

डा  गौतमका अनुसार जसमध्ये प्रदेश १ मा १५ हजार ३२९ जना, प्रदेश २ मा १५ हजार २४, बाग्मतीमा ४० हजार २७२ जनाले खोप लिइसकेका छन्। यसैगरी गण्डकी प्रदेशमा १३ हजार ९२२ जना, लुम्बिनीमा १४ हजार ६४०, कर्णालीमा ६ हजार १३१ जना र सुदूरपश्चिममा ७ हजार ८५७ जनाले कोरोना विरुद्धको खोप प्राप्त गरेका छन्।

खोप लगाएकाहरुमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने जस्ता सामान्य लक्षण देखा परेको भए पनि कसैमा पनि हालसम्म गम्भीर स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ ।

सरकारले माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान शुरु गरेको हो । जसमा ४ लाख ३० हजार फ्रन्टलाइनरलाई खोप दिइँदैछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार