Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना भाइरस संक्रमण र मुख स्वास्थ्य

कोरोना भाइरस संक्रमण र मुख स्वास्थ्य

 डा.दीपक ठाकुर

यतिबेला कोरोना भाइरसले आम मानिसको जीवनमा धेरै उथलपुथल ल्याएको अवस्था छ। अहिले नागरिकको स्वास्थ्यलाई मध्यनजर राख्दै देशैभर आपतकालिन सेवा बाहेक सम्पूर्ण दन्त उपचारका सेवा बन्द भएको अवस्था छ। यो कोभिड १९ नयाँ भाइरस भएकोले धेरै मानिसमा यो सँग लड्न प्रतिरक्षात्मक प्रणाली बनिसकेको छैन्। यो भाइरस विशेष त भौतिक सामिप्यता र संक्रमित व्यक्तिको मुखबाट निस्कने श्वास प्रश्वासको पानी जस्तो फोकाले सर्ने हो। दन्त उपचारमा विशेषत मुखबाट श्वासप्रश्वास गर्दा निस्किने फोका र ऐररोटोरबाट निस्किने पानीको एरोसोलले संक्रमण गराउने जोखिम अत्यधिक हुन्छ।

दन्त चिकित्सक बिरामीको मुख नजिक रहेर काम गर्नु परेकाले संक्रमणको जोखिममा सबैभनदा अग्र स्थानमा पर्छन्। मुख स्वास्थ्यको उपचार समयमा गरिएन भने यसले सामान्य जीवनमा नकारात्मक असर गर्छ। यतिबेला यस कोरोना संक्रमणले विश्वभरि नै मुख स्वास्थ्यमा प्रतिकूल असर पारेको छ। यस महामारीका कारण दन्त उपचारका सेवाहरु सबैमा पुग्न सकेको छैन्। सोधहरुले यो पनि बताएका छन कि दन्त सेवा र मुख स्वास्थ्यको उपचार ग्रामीण भुभाग र भौगोलिक विकटता भएको ठाउँमा पुग्न सकिरहेको छैन् जसले गर्दा अन्तिममा दन्तरोग सम्बन्धित विभिन्न किसिमका जटिलता देखिन सक्ने सम्भावना रहन्छ। यो लकडाउन र महामारीको समयमा चुरोट र रक्सी जस्ता लागुऔषध पदार्थको सेवन अधिक बढेकोले यसले मुख स्वास्थ्यमा एकदमै नकारात्मक प्रभाव पार्ने देखिन्छ । यस्तो पदार्थको सेवनले मुखको क्यान्सर,घाउ,दाँतको क्षरण आदि विभिन्न किसिमका समस्या हुनसक्छ।

यस्तो महामारीको बेलामा हामीले बचावको उपाय र घरेलु तरिकाहरू अपनाएर मुख स्वास्थ्यको हेरचाह तथा सावधानी अपनाउन सक्छौ। त्यसैले अहिले जनस्वास्थ्य दन्तचिकित्सकको मुख्य भुमिका रहेको छ जसले मुख स्वास्थ्य सम्बन्धी सावधानी र बचावका उपाय अवलम्बन गर्न प्रेरित गर्छ। जनस्वास्थ्य दन्त चिकित्सकद्वारा कोरोना समयमा सुझाएका केही सरल उपायहरु यस प्रकारका छनस्
– ब्रस र फ्लस गर्नु भन्दा अगाडि र पछाडि २० सेकेन्ड सम्म हात धुने बानी बसालौँ। आफ्नो ब्रस अरु व्यक्तिसँग साझा नगर्ने र अरु व्यक्तिको ब्रस भन्दा अलि टाढा राख्ने।
– दिनको २ पटक २ मिनट सम्म ब्रसले मुखको कुन्ना कुनामा पुग्ने गरी दाँत माझ्ने।
– ब्रसलाई आफ्नो ट्वाइलेट भन्दा टाढा राख्ने र यदि कुनै प्रकारको संक्रमण या संक्रमणको लक्षण देखिन्छ भने ब्रस फेरेको राम्रो हुन्छ।
– इन्टरडेन्टल ब्रस र फ्लास्सिङ पनि गरिरहनु एकदम आवश्यक छ।
-भिटामिन सी र हरियो साग सब्जी बढी मात्रामा खाने र दाँतमा टासिने खानेकुरा जस्तै केक, कुकिज र चकलेट आदि नखाने वा कम खाने ।
– अम्लीय पेय पदार्थ, गुलियो खानेकुरा, सोडा आदिको प्रयोग नगर्ने।
– रक्सी र चुरोट जस्तो लागूपदार्थ सेवन पूर्ण रूपमा बन्द गर्ने।
– धेरै भन्दा धेरै पानी पिउने।
– व्यक्ति व्यक्ति बीचको दूरी कायम राख्ने
हरेकले डाक्टरले सुझाएका विभिन्न घरेलु उपायहरु अवलम्बन गरी मुख स्वास्थ्य र दन्त रोगबाट बच्ने विधिहरू अपनाउनु सकिन्छ । अहिले अनलाइन मार्फत विभिन्न किसिमका मुख स्वास्थ्य सम्बन्धी समस्याको सल्लाह सुझाबको लागि डाक्टरसँग परामर्श पनि लिन सकिन्छ ।

डा. ठाकुर डेन्टल सर्जन हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै