गण्डकीमा २ जना नर्ससहित थप ६७ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा २ जना नर्ससहित थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार गत २४ घण्टामा ६ जिल्लामा गरी थप ६७ जनामा कोरोना पुष्टि भएको हो योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५ सय १४ पुगेको छ ।
संक्रमण हुनेहरुमा पोखराका २ जना नर्स समेत रहेका छन्। निर्देशनालयका अनुसार कास्कीका २० जना, स्याङ्जाका २२ जना, तनहुँका ७ जना, नवलपरासीका १३ जना, बाग्लुङका ३ जना र लमजुङका २ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा