हाम्रो डक्टरको मोबाइल एप: घरमै बसेर चिकित्सकसँग परामर्श लिन सकिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रण गर्न यतिबेला देश लकडाउन भएको छ । यही लकडाउनका कारण घरमै बस्नुपरेकाहरुले केही चिकित्सकीय परामर्श चाहिएमा मोबाइल एपमार्फत लिन सकिने भएको छ ।
हाम्रो डक्टर नाम रहेको मोबाइल एप डाउनलोड गरि विभिन्न विशेषज्ञ चिकित्सकसँग गोप्यरुपमा परामर्श लिने सकिने एप्लिकेशनका सिईओ उद्धवराज भेटुवालले जानकारी दिए । सन् २०१६ मा सुरु भएको एपले हाल अनलाइन परामर्श सेवा, अस्पतालमा टिकट बुकिंग गर्ने लगायत थुप्रै स्वास्थ्य सेवा सहजीकरणको सेवा दिइरहेको छ । एण्ड्रोइड र आइओएस प्लेस्टोरमा उपलब्ध एप्लिकेशनमा परामर्शका लागि सयौं विशेषज्ञ चिकित्सकहरु उपलब्ध रहेको भेटुवालले जानकारी दिए । एपका साथै हाम्रो डक्टर डटकममा पनि यो सुविधा रहेको छ ।
मोबाइल एप्लिकेशनमा उपलब्ध चिकित्सकहरुसँग सःशुल्क र निःशुल्क दुवैखालको परामर्श सेवा लिन सकिने बताइएको छ । परामर्श सेवामा बिरामीले आफ्ना जिज्ञासा व्यक्तिगत रुपमा गोप्य ढंगले पनि सोध्न सक्छन् । परामर्शको क्रममा एप प्रयोगकर्ताले डाक्टरलाई एपबाटै रिपोर्ट र फोटो एवं भिडियोसमेत देखाउन सकिने बताइएको छ । एप्लिकेशनबाट विस्तारै भिडियो परामर्शको सेवा पनि लिनसकिने एपका सिटिओ अशोक बस्नेतले जानकारी दिए ।
एपबाट लिन मिल्ने सःशुल्क परामर्शका लागि सबैजसो डिजिटल पेमेन्ट गेटवेबाट शुल्क तिर्न सकिन्छ । हाम्रो डक्टरमा ईसेवा, फोन पे, खल्ति, आइएमई पे, ईबैंकिगबाट समेत पैसा तिर्नसकिन्छ । यसका अलावा विदेशमा रहनेहरुले क्रेडिटकार्ड एवं मास्टरकार्डबाट पनि भुक्तानी गर्न सक्नेछन्।






अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’