भेरी अस्पतालले मेसिन बनाउन देखाएन चासाे, सिकलसेल एनिमियाका बिरामी प्रभावित
बाँके : बेथितिको नमुना बनेको भेरी अस्पतालमा ‘इलेक्ट्रोफोरसिस’ उपकरण बिग्रिएपछि सिकलसेल एनिमिया जाँच गराउन चाहनेहरू समस्यामा परेका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले अस्पताललाई प्रदान गरेको दुईवटा उपकरण प्रयोगमा नआउँदै थन्किएको छ। बिरामीले १० महिनादेखि जाँच गराउन पाएका छैनन्। बिरामी अहिले निजी क्लिनकमा जाँच गराउन बाध्य छन्।
तर अस्पताल प्रशासनले बिग्रिएको उपकरण मर्मतमा ध्यान दिएको छैन। अस्पतालका मेसु डा. रूपानन्द अधिकारी र सिकलसेल एनिमियाविशेषज्ञ डा. राजन पाण्डेले अहिलेसम्म उपकरण मर्मत गर्नेतर्फ चासो नदेखाएको सेवाग्राहीको गुनासो छ।
अस्पतालको मेसिन मर्मतमा ध्यान नदिँदा बिरामीहरू निजी स्वास्थ्य सस्थामा एक हजार ५०० देखि दुई हजार रुपैयाँसम्म शुल्क तिरेर जाँच गराउन बाध्य भएको सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभुराम थारुले बताए। अस्पतालमा हप्तामा ६०–७० जना सिकलसेल जाँचका लागि आउने गरेको जनाइएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा