एन्टिबायोटिक अवेयरनेस सप्ताह शुरू
काठमाडौं : विश्व ‘एन्टिबायोटिक अवेयरनेस’ सप्ताह (डब्ल्यूएएडब्ल्यू) शुरु भएको छ। अलायन्स अगेन्स्ट एएमआर आईएमओले सोमबार त्रिवि शिक्षण अस्पताल अगाडि मैनबत्ती बालेर सप्ताह प्रारम्भ गरेको हो।
त्रिवि शिक्षण अस्पतालका विभिन्न संकायमा अध्ययनरत विद्यार्थी सम्मिलित यो संस्थाले हप्ताभरि एन्टिबायोटिकसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने डा.सतीश कुमार देवले जानकारी दिए।
प्रत्येक वर्षको नोभेम्बर १८ देखि २४ सम्म एन्टिबायोटिक अवेयरनेस सप्ताह मनाइन्छ। एन्टिबायोटिक प्रतिरोधको बारेमा विश्वव्यापी चेतना बढाउने, एन्टिबायोटिक प्रतिरोधको थप उदय र फैलावटबाट बच्न आम मानिस, स्वास्थ्यकर्मीहरू र नीति निर्माताहरूमा राम्रो अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले संसारभर याे सप्ताह मनाउने गरिएकाे हाे।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण