क्यान्सर पीडितलाई वडाध्यक्षकाे सहयाेग
उदयपुर : जिल्लाको त्रियुगा नगपालिका – ६ घनचक्रेका रक्तक्यान्सर पीडित राजन कार्कीलाई रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष खवीन्द्र रासकोटीले उपचारको लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
आर्थिक विपन्नता भएका ४४ वर्षीय कार्कीलाई रक्तक्यान्सर भएपछि उपचारको लागि १० लाखसम्म खर्च लाग्ने सुनसरीको धरानस्थित बीपी मेमोरियल अस्पतालका चिकित्सकले बताएका थि।
यसै क्रममा रौतामाई गाउँपालिका– २ का वडाध्यक्ष रासकोटीले आफ्नो तर्फबाट कार्कीको उपचारको लागि एक लाख ८१ रुपैयाँ सहयोग गरेको राससले जनाएको छ।
केही दिनभित्रै कार्कीको सुनसरीस्थित बिपी मेमोरियल अस्पतालमा उपचारको तयारी भइरहेको कार्कीले बताउनुभएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा