Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्यान्सर पीडितलाई वडाध्यक्षकाे सहयाेग

क्यान्सर पीडितलाई वडाध्यक्षकाे सहयाेग

उदयपुर : जिल्लाको त्रियुगा नगपालिका – ६ घनचक्रेका रक्तक्यान्सर पीडित राजन कार्कीलाई रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष खवीन्द्र रासकोटीले उपचारको लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

आर्थिक विपन्नता भएका ४४ वर्षीय कार्कीलाई रक्तक्यान्सर भएपछि उपचारको लागि १० लाखसम्म खर्च लाग्ने सुनसरीको धरानस्थित बीपी मेमोरियल अस्पतालका चिकित्सकले बताएका थि।

यसै क्रममा रौतामाई गाउँपालिका– २ का वडाध्यक्ष रासकोटीले आफ्नो तर्फबाट कार्कीको उपचारको लागि एक लाख ८१ रुपैयाँ सहयोग गरेको राससले जनाएको छ।

केही दिनभित्रै कार्कीको सुनसरीस्थित बिपी मेमोरियल अस्पतालमा उपचारको तयारी भइरहेको कार्कीले बताउनुभएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार