Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बागलुङकाे गलकाेटमा पनि डेंगुका बिरामी

बागलुङकाे गलकाेटमा पनि डेंगुका बिरामी

बाग्लुङ : गलकोट नगरपालिकाका दुईजनामा डेंगु संक्रमण देखिएको छ। गलकोट नगरपालिका–३ हटियाका ३१ वर्षीय एक पुरुष र बाग्लुङ स्थायी ठेगाना भई पोखराको शान्तिवाटिका बस्ने २६ वर्षीया एक महिलामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ।

उनीहरूको उपचार पोखराको फेवासिटी अस्ताल र गण्डकी अस्पतालमा भइरहेको छ। स्थायी ठेगाना बाग्लुङ भए पनि उनीहरू धेरैजसो जिल्लाबाहिर बस्ने गरेको पाइएको स्वास्थ्य कार्यालय बाग्लुङका क्षय–कुष्ठ सुपरभाइजर देवप्रकाश घिमिरेले जानकारी दिए।

डेंगुको संक्रमण भेटिएपछि बाग्लुङ सदरमुकामसहित पर्वत र म्याग्दीका स्वास्थ्य कार्यालयले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। सदरमुकाम बाग्लुङ बजारमा जिल्ला स्वास्थ्य कार्यालयले माइकिङसमेत गर्न थालेको छ।

थप समाचार

नेपाल क्यान्सर सम्मेलन सम्पन्न

नेपाल क्यान्सर सम्मेलन सम्पन्न

मेवाका फाइदा

मेवाका फाइदा

मुटुरोगबाट बच्न के गर्ने ?

मुटुरोगबाट बच्न के गर्ने ?