त्रिवि शिक्षण अस्पतालले मनायो ३७औं वार्षिकोत्सव
काठमाडौं : महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल ले ३७ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अस्पतालले आर्थिक वर्ष २०७५-७६ मा अस्पतालमा ओपीडी मार्फत ५ लाख २५ हजार ५ सय ११ बिरामीले सेवा लिएको जनाएको छ । यसैगरी अस्पतामा भर्ना भई उपचार गर्ने बिरामी २५ हजार ८ सय ४५ रहेको जनाएको छ । गत वर्ष अस्पतालले इमरजेन्सी मार्फत ५० हजार ३ सय ६९ जनालाई सेवा दिएको समेत जानकारी दिइयो ।
आइतबार त्रिवि शिक्षण अस्पतालको ३७ औं वार्षिकोत्सव तथा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको ४७ औं वार्षिकोत्सव समारोहमा उक्त जानकारी दिइएको हो । वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थराज खनियाले त्रिवि शिक्षण अस्पतालको सेवा विश्वका कुनै पनि विश्वविद्यालयको सेवा भन्दा कम नभएकोे दाबी गरे ।
चिकित्साशास्त्रअध्यान सस्थानका डिन डा जगदिशप्रसाद अग्रवालले अस्पतालले गरेको प्रगतिमा सबैको भूमिका महत्वपूर्ण रहेको बताए ।
अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेम खड्गाले स्थापना कालदेखि लिएको उद्धेश्य अनुसार नै काम अगाडि बढीरहेको जानकारी दिए। साथै खड्गाले एक वर्षमा गरेका कार्य एवम प्रगति विवरण पेश गरेका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण