तीन वर्षभित्र सातै प्रदेशमा बाल अस्पताल
काठमाडौं : देशका सातै प्रदेशमा बाल अस्पताल खुल्ने भएको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको अगुवाइमा प्रदेश ३ को काठमाडौंसहित सातै प्रदेशमा बाल अस्पताल खुल्ने भएको हो।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा डा. कोइरालाले आफू अध्यक्ष रहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) ले बालबालिकाको बहुउपचार तथा विशेषज्ञ अस्पताल स्थापना गर्न लागेको जानकारी दिए। उनले किओचले सातवटै प्रदेशमा गैर नाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको डा. कोइरालाले बताए।
डा. काेइरालाले ३५ वर्ष लामो चिकित्सा सेवा, २५ वर्षको शल्यचिकित्सा र २० वर्षको व्यवस्थापन अनुभवलाई एकीकृत गरी याे योजना ल्याएको सुनाए। सरकारी सेवाबाट अवकाश पाएपछिको अधिकांश समय यही योजनामा बिताउने उनको भनाइ छ।
अस्पताल निर्माणका लागि दुई अर्ब रुपैयाँभन्दा बढी लाग्ने र सातै प्रदेशका अस्पताल सन् २०२२ भित्र निर्माण भइसक्ने बताइएको छ।
सारेगम लिटिल च्याम्प रियालिटी सोका उपविजेता प्रितम आचार्यलाई यो अभियानको गुडविल एम्बेसडर बनाइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?