जहाज रिजर्भ गरी लगियाे स्वास्थ्यकर्मीकाे शव
हुम्ला : आत्महत्या गरेका स्वास्थ्यकर्मी भुवनेश्वर आचार्यको शव हवाइजहाजमा ‘रिजर्भ’ गरेर सिमकोटबाट नेपालगञ्ज लगिएको छ। मृतक आचार्यका छोरा शितल आचार्यलगायतले आचार्यको शव जहाज रिजर्भ गरी लगेका हुन्।
जिल्ला अस्पताल हुम्लामा शनिबार परीक्षण गरेपछि शव आफन्तलाई बुझाइएको थियो ।
अहेब आचार्यले शुक्रबार सदरमुकाम सिमकोटमा डिभिजन वन कार्यालयको माथिल्लो तलको बार्दलीको रेलिङमा पासो लगाएका थिए ।
कैलाली टिकापुरका ५७ वर्षीय आचार्य २२ वर्षदेखि सर्केगार्ड गाउँपालिका–२ को रिप स्वास्थ्य चौकीमा कार्यरत थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?