बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जाँच गर्दै डा. केसी
काठमाडौं : त्रिवि शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसी रौतहटको भावित ईशनाथ नगरपालिका पुगी बाढी प्रभावितको स्वास्थ्य जाँच थालेका छन्।
डा. केसीले शुक्रबारदेखि बञ्जरहाको स्वास्थ्य चौकीमा आएका बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका हुन्। उनलाई स्थानीय स्वास्थ्यकर्मीले सघाएका थिए।
बाढीसँगै डुबानको पीडामारहेका रौतहटका सर्वसाधारणलाई राहत पुगोस् भन्ने उद्देश्यले आफू रौतहट पुगेको डा. केसीले बताए।
स्वास्थ्य चौकीमा आएका १० भन्दा बढी स्थानीयमा झाडापखाला लागेको पाइएको छ। बाढी प्रभावित बस्तीमा झाडा पखालासँगै भाइरल ज्वरोलगायतका रोग देखापरेको उनकाे भनाइ छ।
बाढी प्रभावित स्थलमा पिउने पानी निकै दूषित रहेकाे भन्दै डा. केसीले स्थानीयलाई स्वच्छ पानीको प्रबन्ध मिलाउन उनले सरकारसँग माग गरेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?