सुत्केरी भेट्न गाउँपालिका अध्यक्ष घरघरमै
पर्वत : महाशिला गाउँपालिकाले सुत्केरी महिलालक्षित ‘अध्यक्ष कोसेली कार्यक्रम’ शुरु गरेको छ।
गाउँपालिका अध्यक्ष राजु पौडेलले शुक्रबार पहिलोपटक महाशिला–५ लुङ्खु आहाले निवासी सुत्केरी गुडिया सुनारसँग भेटघाट गरी कार्यक्रमको थालनी गरेका हुन्। अध्यक्ष पौडेल, उपाध्यक्ष, हिरादेवी राना, स्वास्थ्यकर्मी र वडाध्यक्षहरूको उपस्थितिमा सुत्केरी आमालाई कुखुराको भाले, घिउ र अण्डा वितरण गरिएको हो।
साथै स्वास्थ्यकर्मीले सुत्केरीको स्वास्थ्य जाँच पनि गरेका गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए। स्वास्थ्य संस्थामा पुगेर सुरक्षित ढङ्गबाट सुत्केरी गराउन प्रोत्साहन दिने उद्देश्यले घरघरमै पुगेर सुत्केरी भेट्न ‘अध्यक्ष कोसेली कार्यक्रम’ शुरु गरिएको हो।
महाशिला गाउँपालिकाका छ वटै वडामा सुरक्षित सुत्केरी गराउन बर्थिङ सेन्टर स्थापना गरिएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?