Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो वार्षिक प्रगति विवरण (भिडियो)

७९ प्रतिशत काम सम्पन्न, ६ प्रतिशत शुरु नै भएन

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो वार्षिक प्रगति विवरण (भिडियो)

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७५।७६ को नीति तथा कार्यक्रमका उपलब्धि सार्वजनिक गरेको छ ।

शुक्रबार मन्त्रालयमा सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणमा गत वर्ष मन्त्रालयले ७९ प्रतिशत काम सम्पन्न गरेको दावी गरेको छ । कूल ६५ वटा कार्यक्रममध्ये ५१ वटा कार्य सम्पन्न भएको त्यसैगरी, १० वटा कार्यक्रम सम्पन्न भइनसकेको र ४ वटा कार्यक्रम शुरु नै नभएको जनाइएको छ ।

मन्त्रालयमा आयोजित वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्यमा बजेट कम भएका कारण प्रगति गर्न नसकेको बताए । उनले भने, ‘स्वास्थ्यका लागि जम्मा ४ दशमलब ४८ प्रतिशत बजेट छुट्याइएको छ । यसमा पनि ४ प्रतिशत बजेट कर्मचारीको तलबमा खर्च हुन्छ । बाँकी रहेको शून्य दशमलब ४८ प्रतिशत बजेटले कसरी कार्यक्रम गर्ने? उनले थपे ।यति बजेटमा जति काम भएको छ त्यो उल्लेखनीय छ ।’

प्रगति विवरण सार्वजनिक कार्यक्रममा मन्त्रालयका सचिव डा पुष्पा चौधरीले शुरु हुन नसकेका कार्यक्रमकावारेमा जानकारी गराएकी थिइन् । मन्त्रालयले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा शिविर सन्चालन गरेको समेत उपलब्धिमा समेटिएको छ ।

भिडियो:

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार