‘सुदिप्त सुपर किड्स क्यान्सर सर्भाइभर ‘र्याम्प वाक’ हुँदै
काठमाडौं : ‘सुदिप्त सुपर किड्स क्यान्सर सर्भाइभर ‘र्याम्प वाक’ वारे छलफल गर्न नेपाल क्यान्सर सहयोग समूह ललितपुरका पदाधिकारी तथा सहयोगीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेट गरेका छन्।
भेटमा समूहकी कार्यक्रम संयोजक एवं नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिकी निर्देशक स्वरूपा श्रेष्ठ समाजसेवी एवं व्यवसायी सुगन मुनंकर्मी एवं पत्रकार बलराम प्यासी सहभागी थिए।
भेटका क्रममा उपराष्ट्रपति पुनले नेपालमा अझै पनि धेरै नागरिक क्यान्सरसम्बन्धी चेतनाबाट पर रहेको भन्दै चिन्ता व्यक्त गरे।
समूहकी कार्यक्रम संयोजक श्रेष्ठले नेपालमा बालबालिकामा लाग्ने क्यान्सर, उनीहरूको उपचार तथा समयमै क्यान्सर उपचारका लागि जनचेतना फैलाउन संस्थाले गर्दै आएको काम कारवाहीबारे उपराष्ट्रपति पुनलाई जानकारी गराइन्।
संस्थाले यही साउन १८ गते शनिबार ललितपुरमा पहिलोपल्ट क्यान्सरको उपचार गराइराखेका २ वर्षदेखि १८ वर्ष सम्मका बालबालिकालाई सहभागी गराई ‘सुदिप्त सुपर किड्स क्यान्सर सर्भाइभर ‘र्याम्प वाक’ आयोजना गर्न लागेको जानकारी पनि गराइएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण