Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कैलालीमा कुपोषित बालबालिकाको संख्या बर्सेनि बढ्दाे

कैलालीमा कुपोषित बालबालिकाको संख्या बर्सेनि बढ्दाे

कैलाली : जिल्लामा कुपोषित बालबालिकाको संख्या बर्सेनि बढिरहेकाे छ । आहार तथा स्याहारमा उचित ध्यान नदिँदा बालबालिकामा कुपोषण हुने गरेको सेती अञ्चल अस्पताल पोषणगृहकी प्रबन्धक गीता विष्टले बताइन् ।

महिला घरको काममा व्यस्त हुने र घरका अन्य सदस्यले बालबालिकाको खानपानमा ध्यान नदिँदा बच्चा कुपोषणको शिकार भएको उनले बताइन् । सुदूरपश्चिममा चलेको रुढिवादी परम्पराका कारण कुपोषित हुनेको संख्या बढिरहेको छ।

कुपाेषित हुनेमा बालिकाभन्दा बालक बढी छन्। माछामासु, हरियो सागपात र गेडागुडीको झोल खाए छोरा बिरामी हुन्छ भन्ने मान्यताले बालक बढी संख्यामा कुपोषित हुने गरेका छन्। शहरबजारमै धामीझाँक्री परम्परा नहटेका कारण पनि समस्या ज्यूँकात्यूँ रहेको उनले बताइन्।

आर्थिक वर्ष ०७५\७६ मा १४७ कुपोषित बालबालिका अस्पताल आएका थिए। तीमध्ये ७५ बालक र ७२ बालिका थिए। स्वास्थ्यकर्मीका अनुसार पाँच वर्षमुनिका बालबालिकालाई दिनमा चार देखि ६ पटक खाना खुवाउनुपर्छ । तर २\३ पटक पनि खान नपाउने कारण बच्चा कुपोषित हुने गरेको पोषणविद् विष्टको भनाइ छ ।

बालबालिकाको कुपोषण जाँच गर्दा पाखुरामा नापिने फितामा तीनवटा रङ हुन्छन्। पहेंलोले मध्यम, हरियोले सामान्य र रातो रङले कडा कुपोषण जनाउँछ। कुपोषित बालबालिकमा उमेरअनुसार तौल र उचाइ नबढेको पाइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन