कैलालीमा कुपोषित बालबालिकाको संख्या बर्सेनि बढ्दाे
कैलाली : जिल्लामा कुपोषित बालबालिकाको संख्या बर्सेनि बढिरहेकाे छ । आहार तथा स्याहारमा उचित ध्यान नदिँदा बालबालिकामा कुपोषण हुने गरेको सेती अञ्चल अस्पताल पोषणगृहकी प्रबन्धक गीता विष्टले बताइन् ।
महिला घरको काममा व्यस्त हुने र घरका अन्य सदस्यले बालबालिकाको खानपानमा ध्यान नदिँदा बच्चा कुपोषणको शिकार भएको उनले बताइन् । सुदूरपश्चिममा चलेको रुढिवादी परम्पराका कारण कुपोषित हुनेको संख्या बढिरहेको छ।
कुपाेषित हुनेमा बालिकाभन्दा बालक बढी छन्। माछामासु, हरियो सागपात र गेडागुडीको झोल खाए छोरा बिरामी हुन्छ भन्ने मान्यताले बालक बढी संख्यामा कुपोषित हुने गरेका छन्। शहरबजारमै धामीझाँक्री परम्परा नहटेका कारण पनि समस्या ज्यूँकात्यूँ रहेको उनले बताइन्।
आर्थिक वर्ष ०७५\७६ मा १४७ कुपोषित बालबालिका अस्पताल आएका थिए। तीमध्ये ७५ बालक र ७२ बालिका थिए। स्वास्थ्यकर्मीका अनुसार पाँच वर्षमुनिका बालबालिकालाई दिनमा चार देखि ६ पटक खाना खुवाउनुपर्छ । तर २\३ पटक पनि खान नपाउने कारण बच्चा कुपोषित हुने गरेको पोषणविद् विष्टको भनाइ छ ।
बालबालिकाको कुपोषण जाँच गर्दा पाखुरामा नापिने फितामा तीनवटा रङ हुन्छन्। पहेंलोले मध्यम, हरियोले सामान्य र रातो रङले कडा कुपोषण जनाउँछ। कुपोषित बालबालिकमा उमेरअनुसार तौल र उचाइ नबढेको पाइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?