Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

औषधि व्यवस्था विभागले साेध्याे, कुन औषधि अभाव भएकाे हाे?

औषधि व्यवस्था विभागले साेध्याे, कुन औषधि अभाव भएकाे हाे?

काठमाडौं : औषधि व्यवस्था विभागले नेपालमा बिरामी मानिस तथा पशुपक्षीको उपचारका लागि अभाव रहेको औषधिबारे जानकारी दिन चिकित्सक तथा अस्पतालहरूलाई आग्रह गरेको छ। विभागले एलोपेथिक, आयुर्वेदिक, होमियोप्याथि र भेटिरिनरी कुन औषधि अभाव भएको हो भनी प्रश्नसमेत गरेको छ?

कतिपय औषधिहरू बजारमा उपलब्ध नभएको भन्ने गुनासा पत्रपत्रिकामा समाचार प्रकाशित भएको प्रति ध्यानाकर्षण भएको भन्दै विभागले सात दिनभित्र लिखित, ईमेल वा अन्य कुनै माध्यमबाट जानकारी दिन आग्रह गरेको हो।

‘के कस्ता प्रकारका औषधिहरूको कस्तो प्रकारको रोगको उपचारका लागि अभाव रहेको हो सो सम्बन्धमा पनि सो चिकित्सा पद्धतिमा संलग्न सम्बद्ध चिकित्सकहरू, अस्पतालहरूलगायतलाई अनुरोध गरिन्छ’, विभागले निकालेको विज्ञप्तिमा उललेख छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन