Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चितवनमा ६ महिनामा ५४ एचआईभी सङ्क्रमित

चितवनमा ६ महिनामा ५४ एचआईभी सङ्क्रमित

चितवन : सन् २०१९ को छ महिनामा जिल्लामा ५४ नयाँ एचआईभी सङ्क्रमित भेटिएका छन्। जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा यो सङ्ख्यामा संक्रमित पाइएका हुन्।

योसँगै जिल्लामा सङ्क्रमितको संख्या एक हजार ७६४ पुगेको भरतपुर अस्पतालमा रहेको एन्टी रेट्रो भाइरल थेरापी सेवा केन्द्रले जनाएको छ। केन्द्रका अनुसार उनीहरूमध्ये ८८९ ले नियमित औषधि सेवन गर्दै आएका छन्।

अन्य जिल्लाबाट चितवनमा स्थानान्तरण भई आएका ७८ सङ्क्रमितले पनि केन्द्रबाट सेवा लिइरहेका छन्। सन् २०१८ को अन्त्यमा जिल्लामा एक हजार ६८५ सङ्क्रमित थिए। सन् २०१८ मा १७ हजार ११० को परीक्षण गरिएकामा १११ नयाँ सङ्क्रमित भेटिएका थिए। अस्पतालमा आउने सङ्क्रमितलाई अहिले अस्पतालमै रहेको एएचएफ नेपालले सहयोग गर्दै आएको छ ।

केन्द्रका स्रोतव्यक्ति डा. युवानिधि बस्यौलाले सङ्ख्या हेर्दा घट्दो देखिए पनि खुलेर आउनेको सङ्ख्या भने कम रहेको बताए। जिल्लामा रहेका सबै केन्द्रबाट औषधि नलिने गरेका कारण उनीहरूमा आएको सुधारको विषयमा जानकारी लिन समस्या भएकाे उनले जानकारी दिए।

मकवानपुर, नवलपरासी र धादिङलगायतका जिल्लामा रहेका संक्रमित चितवन आएर औषधि लाने गरेको र उनीहरुलाई एकदेखि दुई महिनाका लागि औषधि पठाउने गरेको डा.बस्यौलाकाे भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि