Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बालबालिकाकाे आँखा : नगर्नुस् यस्ताे हेलचेक्र्याइँ

बालबालिकाकाे आँखा : नगर्नुस् यस्ताे हेलचेक्र्याइँ

प्रविधिको विकास र पहुँचसँगै अचेल सबैको कोठा कोठामा टीभी, कम्प्युटर र हात हातमा मोबाइल, आइप्याड छन्। ठूला मानिस मात्र नभई बालबालिका पनि अहिलेको प्रविधिको शिकार बन्न पुगेका छन्।

अहिले अभिभावक व्यस्त छन्। छोराछोरीलाई समय दिन भ्याउँदैनन्। उनीहरूलाई पढाउन, लेखाउन र खेलाउन भन्दा कम्प्युटर, मोबाइल आइप्याड हातमा थमाइदिन उचित ठान्छन्। यसले गर्दा उनीहरूको आँखा चाँडै नै कमजोर बन्न पुग्छ। यसको प्रत्यक्ष प्रमाण हो, उनीहरूको आँखामा देखिने चश्मा।

बच्चाहरूको आँखामा समस्या आउनु यो मात्र कारण नहुन सक्छ। जन्मगत वा पछि आउने विभिन्न समस्याले पनि उनीहरूको आँखा खराब बनेको हुनसक्छ।

बच्चाको आँखामा समस्या : कसरी थाहा पाउने?

सामान्यतया बालबालिकाको आँखामा समस्या भएको शिक्षकलाई थाहा हुन्छ। उनीहरूले गृहकार्य गराउँदा यो समस्या पत्ता लगाउन सक्छन्। बच्चाको आँखा कस्तो छ भनेर अभिभावक पनि सचेत हुनुपर्छ। त्यसैले सामान्यतया विद्यालयमा गर्नुभन्दाअघि आँखा विशेषज्ञकहाँ लगेर जाँच गराउनुपर्छ।

विद्यालय भर्ना गरेको दुई वर्ष पछि फेरि जाँच गराउनुपर्छ। बच्चाहरुको ‘भिजन विकास’ आठ वर्षको उमेरमा हुन्छ। बच्चाको आँखा समयमै ‘चेकअप’ गर्ने गरियो र चिकित्सकको निर्देशनअनुसार गर्यो भने ‘अल्छी आँखा’ हुनबाट बचाउन सकिन्छ। अन्धोपनबाट जोगाउन सकिन्छ।

आँखाका अन्य समस्या

वातावरण पदूषणका कारण पनि आँखा पोल्ने र चिलाउने समस्या देखा पर्ने गरेका छन्। यस्तो हुँदा अनावश्यक रूपमा आँखा मिच्ने, माड्ने  गर्नुहुँदैन। शुद्ध पानीले आँखा राम्ररी सफा गर्नुपर्छ।

आँखा रातो भए वा अन्य कुनै समस्या आए तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ। उनीहरूको सल्लाहअनुसार समयमा औषधि हाल्नुपर्छ। बजारबाट जथाभावी औषधि किनेर प्रयोग गर्नुहुँदैन। समस्या समाधान नभएसम्म बिरामीले प्रयोग गरेको रुमाल अर्को व्यक्तिले प्रयोग गर्नु हुँदैन।

बालबालिकालाई अनावश्यक रूपमा मोबाइल, प्याड हातमा थमाउने बानी नगरौँ। यसले नशाकै रूप लिन सक्छ र आँखामा गम्भीर असर पर्न सक्छ। आँखा मानव शरीरको महत्त्वपूर्ण अंग हो। हेलचेक्र्याइँ गर्दा ज्योति नै गुमेर जीवनभर अन्धकारमा बस्नुपर्ने अवस्था आउनसक्छ। सचेत बनौँ।

बाल आँखाराेग विशेषज्ञ डा. चन्द्रमाया गुरूङसँगकाे कुराकानीमा आधारित

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन