झापामा कालाजारको बिरामी फेला
झापा : मेचीनगरमा–१५ मा कालाजारको नयाँ बिरामी फेला परेका छन् ।
वैभव टी–स्टेट नजिकै बसोवास गर्ने ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको मेचीनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख शशीकला राईले जानकारी दिएकी हुन्। मर्डीको उपचार मेची अञ्चल अस्पताल भद्रपुरमा भइरहेको छ।
संयोजक राईका अनुसार कालाजार रोग नियन्त्रणका लागि नगरपालिकाले कीटनाशक विषादी छर्किन शुरु गरेको छ।
संयोजक राईका अनुसार यो एउटा सरुवा रोग हो। यसलाई ‘लिसमेनियासिस’ पनि भनिन्छ। यो रोग सङ्क्रमित पोथी जातको भुसुनाको टोकाइबाट सर्छ।
यसअघि गत असारमा भद्रपुर नगरपालिका–१० मा तीन र कचनकवल गाउँपालिका–५ मा एक कालाजारका रोगी फेला परेका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?