पेट्रोलियम ढुवानी व्यवसायी र कर्मचारीलाई ओम अस्पतालमा सहुलियत
काठमाडौं : नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका सदस्य तथा कर्मचारीले ओम अस्पतालमा सहुलियत पाउने भएका छन्।
ओम अस्पताल तथा रिसर्च सेन्टर र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सदस्य तथा कर्मचारीलाई उपचारमा सहुलियत सुविधा दिनेगरी बिहीबार सम्झौता भएको हो।
सहमतिअनुसार संघका सदस्य तथा कर्मचारीहरूले चिकित्सकसँगको ‘कन्सल्टेसन, औषधिको बिल, ‘डिस्पोजेबलु, प्रत्यारोपण सामग्री र विशेष प्याकेजबाहेकका सेवामा विशेष छुट पाउने छन्।
सम्झौतामा ओम अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्की, सञ्चालक समिति सदस्य तथा जनसम्पर्क निर्देशक हरिप्रसाद पाठक, वित्त निर्देशक दीपेन्द्र पोखरेल र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्वप्रसाद अर्याल र वरिष्ठ सल्लाहकार लिलेन्द्रप्रसाद प्रधानले हस्ताक्षर गरे।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?