Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

खनाल बीपी प्रतिष्ठानकाे निमित्त उपकुलपति नियुक्त

खनाल बीपी प्रतिष्ठानकाे निमित्त उपकुलपति नियुक्त

काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनाल निमित्त उपकुलपति नियुक्त भएका छन्।

बहालवाला उपकुलपति प्रा.डा. राजकुमार रौनियार घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेपछि खनाललाई निमित्त उपकुलपति नियुक्त गरिएको हो।

प्रतिष्ठानको दैनिक कार्यसञ्चालनमा असहज भएपछि शिक्षाध्यक्ष खनाललाई स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सोमबार निमित्त उपकुलपति पदमा नियुक्त गरेका हुन्। रौनियार बिहीबार राति पक्राउ परेपछि शुक्रबारदेखि प्रतिष्ठान उपकुलपतिविहीन थियो ।

खनालले प्रतिष्ठानमा हाडजोर्नी विभागका प्रमुखका रूपमा समेत काम गरेका थिए। दुई वर्ष अघि उपकुलपति रौनियारकै सिफारिसमा उनी शिक्षाध्यक्ष नियुक्त भएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि