Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

हेलिकाेप्टरबाट गर्भवतीकाे उद्धार

हेलिकाेप्टरबाट गर्भवतीकाे उद्धार

डोल्पा : त्रिपुरासुन्दरी नगरपालिकामा एक गर्भवतीलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ।

त्रिपुरासुन्दरी–९ चुँगाउँ बस्ने २४ वर्षीया जयकुमारी बोहोरालाई बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको पहलमा उनको उद्धार गरिएको हो।

बोहोराको पेटमा रहेका जुम्ल्याहा बच्चा तेर्सो भएर बसेकाले उद्धार गरी उनलाई प्रदेश अस्पताल सुर्खेत लगिएको लिकु स्वास्थ चौकीले बताएको छ।

बेथाले च्यापेपछि उनलाई बुधबार साँझ लिकु स्वास्थ चौकी ल्याइएको थियो। जाँचपछि स्वास्थ चौकीमा प्रसूति गराउन नसकिने देखिएपछि हेलिकोप्टर बोलाएर उनको उद्धार गरिएको बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन