बाढीप्रभावित क्षेत्रमा पठाइयाे ११ सय ‘भाइल एन्टी स्नेक भेनम’
काठमाडाैं : बाढीप्रभावित क्षेत्रमा सर्पदंशका बिरामी बढेपछि स्वास्थ्य मन्त्रालयले सो क्षेत्रको लागि ११ सय ‘भाइल एन्टी स्नेक भेनम’ पठाएको छ ।
बाढीर डुबानसँगै अस्पतालहरूमा सर्पको बिगबिगी बढेपछि मन्त्रालयले मेडिकल टिमसँग थप ११ सय भाइल एन्टी स्नेक भेनम पठाएको हो। मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइ प्रमुख चूडामणि भण्डारीले प्रदेशमा भेनम कम भएको भन्दै माग भएपछि मन्त्रालयबाट पठाएको बताए।
‘कतिलाई टोक्यो भन्ने एकिन तथ्यांक आएको छैन’, उनले भने, ‘तर भेनमको माग बढिरहेको छ। यसले सर्पदंशका बिरामी बढिरहेको पुष्टि गर्छ।’ सर्पले टोकेर हालसम्म कसैको मृत्यु भने नभएको उनले जानकारी दिए।
बाढी पीडितका लागि तीन स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइ यसअघि नै सरकारले तोकेको तीन वटा क्षेत्रमा पुगिसकेका छन्। उनीहरूले रोग फैलिन नदिन प्रदेश सरकारसँग समन्वय गरी काम गरिरहेको पनि भण्डारीले जानकारी दिए।
आपतकालीन इकाइले औषधि नभएका स्थानमा युनिसेफ तथा डब्लु एचओसँग माग गरी हेल्थ किटहरु पनि पठाइएको छ।
बाढीपछि झाडापखाला, रुघाखोकी ज्वरो लगायतका समस्या आउन नदिन तयारी अवस्थामा रहन अस्पताललाई समेत निर्देशन दिइएको भण्डारीले बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित