महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक दुई हजार
धादिङ : इच्छाकामना गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक दुई हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।
आर्थिक वर्ष २०७५\७६ मा प्रोत्साहनस्वरुप यातायात खर्चका लागि मासिक रु एक हजार ५०० उपलब्ध गराउँदै आएकामा गाउँपालिकाले आव २०७६\७७ देखि भने ५०० वृद्धि गरेर मासिक दुई हजार दिने निर्णय गरेको गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन्।
गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई झोला, छाता र टर्चलाइट पनि उपलब्ध गराएको छ। महिला स्वास्थ्य स्वंयसेविकालाई काम गर्न सहज होस् भनेर यी सामग्री उपलब्ध गराइएको अध्यक्ष गुरुङले बताइन्।
सात वटा वडा रहेको यस गाउँपालिकाभित्र ३६ महिला स्वास्थ्य स्वयंसेविका रहेको गाउँपालिका स्वास्थ्य संयोजक धनकुमार खड्काले जानकारी दिए। नेपालमा बाल मृत्यु र मातृ मृत्युदर रोक्न र प्रजनन स्वास्थ्यका बारेमा गाउँगाउँमा महिला स्वास्थ्य स्वयंसेविकाले जनचेतना दिँदै आएका छन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?